सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रतिनिधसभाका लागि उम्मेदावरी दर्ता गराएका छन् ।गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका गुरुङले आज दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदावरी दर्ता गराएका हुन । उनी यसअघि एमालेसँगको गठबन्धनबाट प्रतिनिधसभाकै उम्मेदवार बन्दै भारी मतले विजयी भएका थिए । यसपटक नेपाली कांग्रेसलगायतको गठबन्धनसँग मिलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै प्रदेशसभा क र ख का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश क मा कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र प्रदेश ख मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्तरूपमा उम्मेदावरी दिएका छन् ।