कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु  

मंगलबार, वैशाख १४, २०७८

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लम्जुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् ।  अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यस्तै, लम्जुङको सुन्दरबजारका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भई भरतपुर अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि गए राति पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मकवानपुरका ८५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।  सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गए राति १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार