घरको छतबाट लडेर मृत्यु

शनिबार, असोज २२, २०७९

चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए । टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउरेग्मीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार