बाढी–पहिरोमा परी मकवानपुरमा दुईजनाको ज्यान गयो

शनिबार, असोज २२, २०७९

बागमती । मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर  तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । 
यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार