बाथरुममा चिप्लिएर लड्दा एमाले नेता बालकृष्ण ढुंगेलकाे ज्यान गयो 

शनिबार, असोज २२, २०७९

काठमाडौं । माओवादी सशस्त्र युद्धपछि ओखलढुंगा–२ बाट संविधानसभा सदस्य भएका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । आफ्नै निवास काँडाघारीको बाथरुममा चिप्लिएर बेहोस भएका ढुंगेलको निधन भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गरे । 
तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा भाग लिएर आएका नेता ढुंगल ०६४ सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा–२ बाट निर्वाचित भएका थिए । निर्वाचित भएकै समयमा सर्वोच्च अदालतले उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गरेपछि लामो समय उनले भूमिगत जीवन बिताएका थिए ।  पछि पक्राउ परेर उनले जेल जीवन विताएका थिए । जेलमुक्त भएपछि पनि माओवादी केन्द्रले उनलाई उचित स्थान नदिएकोमा उनी असन्तुष्ट थिए ।  उज्जन श्रेष्ठ हत्याको आरोमा उनलाई पक्राउ परेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार