सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको भेट

शनिबार, असोज २२, २०७९

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन् । 
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए  । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेका सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसद्बाट भएको सहयोगका लागि आभार व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार