एक सय असी घरधुरीमा खानेपानी समस्या

शनिबार, असोज २२, २०७९

तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो । 
बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको उक्त समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीयबासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए । 
त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी बितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । 
उक्त समितिले व्यास नगरपालिका–१ का दुई हजार छ सय घरधुरीमा पानी बितरण गर्दै आएको थियो। लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल बर्षाका कारण पाइपमा क्षति पु¥याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी  दिए । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार