खिलराज रेग्मी भारतमा आयोजना हुने ‘विप्रहाकुम्भ’ कार्यक्रममा सहभागी हुने 

शनिबार, असोज २२, २०७९

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी भारतको मुरैना मध्यप्रदेशमा यही असोज २२ र २३ गते आयोजना हुने ‘विप्रहाकुम्भ’ कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । 
ब्राम्ह्ण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट(पंजी)द्वारा आयोजित दुई दिने सम्मेलनलाई उनले प्रमुख अतिथिकारुपमा आइतबार सम्बोधन गर्ने उनका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । उक्त कार्यक्रम सकेर पूर्वप्रधानन्यायाधीश रेग्मी यही असोज २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार