सोसल मिडिया
Contact Us
युनिकोड
महेन्द्रनगर । खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो । त्यसपछि पुनःत्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ । झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले बताउनुभयो । बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएका कारण विमान जनकपुरमा अवतरण गरिएको हो ।