मुख्यमन्त्री राई शुभकामना

बुधबार, असोज १९, २०७९

विराटन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्  ।

“नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुसी र उमङ्गले मनाउने दसैँ एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान गरेका छन् ।” मुख्यमन्त्री राईले प्रकाशन गरेका  शुभकामना वक्तव्यमा भनिएको छ । 
 उनले नेपालका सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक रहेकाले पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो भने   । उनले सो सन्देशमा भनेका  छन्  “हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न र संविधान, गणतन्त्र तथा सङ्घीयताको रक्षाका लागि लाग्न सबैसँग अपिल पनि गरेका  छन्  । 

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार