हातहतियार बुझाउन सिडिओको निर्देशन 

आइतबार, असोज १६, २०७९

भक्तपुर ।  जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ ।

असोज मसान्ससम्म नजिकको प्रहरी इकाइमा वुझाउन निर्देशन जारी गरेको गरिएको हो । अटेर गरी समयमा नबुझाउनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । 

भक्तपुरमा क्षेत्र नं १ र २ गरी दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार