पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु

शुक्रबार, असोज १४, २०७९

तनहुँ । पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो । सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार