राजसंस्थाको एजेण्डा लिएर काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

०७४ सालमा झिनो मतले पराजित उनी यस पटक कस्तो हैसियता बन्ला ?
शुक्रबार, असोज १४, २०७९

काठमाडौं  । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताए । विवेकशील साझा पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने बताउँदै उनले आफूले भोट नपाए पनि जनतालाई धन्यवाद दिने बताए । राजाको माया लागेर नभएर देशको हितका लागि राजसंस्थाको कुरा गर्दै भन्दै उनले भने, ‘देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ । म यही एजेण्डा लिएर जनतामाझ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु ।’ 
 

 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार