धनगढीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

बिहीबार, असोज १३, २०७९

धनगढी ।  कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ । जिल्लको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको हो ।सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन् । त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार