एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो

बिहीबार, असोज १३, २०७९

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दैछ । ४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ । 

बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार