अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु

बुधबार, असोज १२, २०७९

गलकोट । बागलुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।
रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते ुभएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै उहाँको मृत्यु भएकोे प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार