कांग्रेस पदाधिकारीको बैठक बस्दै 

मंगलबार, असोज ११, २०७९

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि बुझाइएको उम्मेदवार नामावलीबाट असन्तुष्ट बनेको शेखर कोइराला समूहले पार्टी नेतृत्वलाई चुनाव हराउनेसम्मको रणनीति सार्वजनिक गरेपछि सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका पदाधिकारीले यो विषयलाई गम्भीरता पूर्वक लिन थालेका छन् । सोही कारण आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्ने तय भएको छ । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको पार्टीको समानुपातिकतर्फको बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम र सत्ता गठबन्धनभित्रको छलफलका विषयमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । यसअघि, आजै बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार