शेखर समूहले बुधबार केन्द्रीय कार्यालयमा धर्ना दिने 

देउवा नसच्चिए गठबन्धनका उम्मेदवार हराउने अभियानमा लाग्ने चेतावनी 
सोमबार, असोज १०, २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले सिट बाँडफाँटमा सम्मान जनक हैसियत माग राख्दै बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएको छ । 
“१२ गते पार्टी कार्यालय सानेपामा धर्ना दिने हामीले निर्णय गरेका छौं । १३ गते दसैँ विशेष चियापान गर्ने हामीले निर्णय गरेका छौं’ शब्दपाटीसँग कुराकानी गर्दै बागमती प्रदेशका एक नेताले जानकारी दिए । “नेतृत्वले सच्चिएर समान व्यवहार गरे ठिक छ । नभए हामी चुप लागेर बस्दैनौँ” उनले भने ।
शेखर समूहले पार्टीमा सम्मानजनक भाग नपाए बागी उमेदवार उठाउने तयारी समेत गरेको छ । 
सोमबार ठमेलको एक होटलमा बसेको पार्टीको दोस्रो तह नेताहरुको बैठकले गठबन्धन बाहेकका दलसँग सहकार्य गरेर वागी उम्मेद्वार उठाउने निर्णय गरेको ती नेताले जानकारी दिए । 
शेखर समूह पार्टीले समानुपातिक सूची बुझाउँदा १० प्रतिशत मात्र भाग दिएको भन्दै आक्रोशित भएको छ । १६ गतेसम्म सूची नसच्याए गठबन्धन हराउन अभियान नै चलाउने निर्णय गरिएको ती नेताले बताए । उनका अनुसार गठबन्धन बाहेक नेकपा (एमाले), लोसपालगायत दलसँग सहकार्य गरिनेछ । 
“अब सधैँ हेपिरहने भए हामी चुप लाग्न सकेनौँ । हामीले बागी उमेदवार उठाउने र गठबन्धनबाहेक अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि निर्णय गरेका छौँ,” ती नेताले बाह्रखरीसँग भने । यस्तै, बैठकले पार्टी कार्यालयमा धर्ना दिने, प्रदर्शन गर्नेलगायत विभिन्न निर्णय गरेको बैठकमा सहभागी ती नेताले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार