दुई हजार ५५९ सङ्क्रमित थपिए

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ ।  थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।  हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ८८ हजार २०० पुगेको छ । त्यस्तै प्रति दश लाख जनसङ्ख्यामा पीसीआर परीक्षण गराउनेको संख्या ८१ हजार ९६५ रहेका छन् ।  चौध हजार ७२४ जना आईसोलेशनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् ।  सङ्क्रमितमध्ये महिला एक हजार २३ र पुरुष एक हजार ४२६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  हालसम्म दुई लाख ७६ हजार ७५५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म जम्मा सङ्क्रमितमध्ये निको हुने दर ९३ दशमलव ९ प्रतिशत  छ । पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित छन् ।  पछिल्लो २४ घण्टाको विवरणअनुसार सबैभन्दा बढी २०–२९ उमेर समूहमा सङ्क्रमण देखिएको छ । यो उमेर समूहमा ५७५, ३०–३९ मा ५५५ र ९०–१०० उमेर समूहमा दुई र नौ वर्षमुनिका ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमितहरू भएका जिलामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् ।  हाल होम आइसोलेशनमा रहनेको संख्या १३ हजार ५७८, संस्थागत एक हजार १४६, आईसीयू १७३ र भेन्टिलेटरमा ५७ जना छन् । देशभर आईसीयू शय्यामा एक हजार १८० र भेन्टिेलेटरमा ५१२ जना छन् । हालसम्म कोभिड–१९ विरुद्धको खोप लिएकाहरूको सङ्ख्या १९ लाख ७८ हजार २३९ पुगेको छ ।  सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जना मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२२ जनाको मृत्यु भइसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार