कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार 

बिहीबार, असोज ६, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।  समितिको आज बसेको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को जिम्मेवारी दिने निर्णय गरेको हो । 
समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने समितिले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार