ब्राजिलमा चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति

बिहीबार, वैशाख ९, २०७८

रियो दि जेनेरियो । ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले दिएको जानकारी अनुसार यसै साता ‘चीन क्लोभर बायोफार्मास्यूटिकल्स’ द्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ ।  यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति प्राप्त गरेको दोस्रो किसिमको चिनियाँ कोभिड खोप हो । गत वर्षको जुलाई महिनामा चीनको सिनोभ्याक्सद्वारा अनुसन्धान गरिएको कोभिडविरूद्धको खोप ब्राजिलमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो ।– सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार