ललितपुर बचत संघकाे अध्यक्षमा पुनः रामहरि बजगाई विजयी

सोमबार, भदौ २७, २०७९

 ललितपुर  ।  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् । कुल ३६३ मत खसेकोमा उनले  २२५ मत ल्याएर  पुनः बजगाई निर्वाचित भएका हुन्  ।  उनका प्रतिस्पर्धी नरेन्द्र महर्जन १३३ मत पाएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य विजयी भएका छन् । बज्राचार्यले २३३ मत पाउँदा उनका प्रतिस्पर्धी कर्ण देसारले १२५ पाएका छन् । त्यस्तै सचिवमा श्यामकृष्ण महर्जन विजयी भएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार