जनकपुरमा केपी ओलीलाई २०५ किलोको माला

सोमबार, भदौ २७, २०७९

जनकपुरधाम,  । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको माला लगाएर स्वागत गरिएको छ । जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीलाई २०५ किलोको माला लगाएर नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्यहरु रुही नाज, अञ्जुकुमारी यादव, रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादवलगायतलाई एमालेमा प्रवेश गराएका छन् ।  
 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार