समानुपातिकतर्फ मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा संशोधन आवश्यक : प्रमुख निर्वाचन आयुक्त

सोमबार, भदौ २७, २०७९
Global Ime Bank

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित पदमा मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा आवश्यक संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दलित सरोकार मञ्च नेपालको नेतृत्वमा विभिन्न दलमा आबद्ध दलित नेता, कानून व्यवसायीद्वारा मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गराउन मागसहितको ध्यानाकर्षण ग्रहणपछि उहाँले आफूहरू कानूनको मस्यौदा तयारीका क्रममा रहेकाले त्यसमा मधेसी दलितलाई पनि समावेश गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रमुख आयुक्त थपलियाले हरेक समुदायभित्रको समावेशिताका सम्बन्धमा कानूनी व्यवस्था स्पष्ट नभएकाले ती समुदायका उच्च वर्गले प्रतिनिधित्व बढी गर्ने स्थिति रहेको उल्लेख गर्दै बाहुनकी छोरी दलितसँग विवाह गरेर आएपछि दलित कोटामा प्रतिनिधित्व गर्ने तर सदियौँदेखि विभेदमा परेका मान्छे प्रतिनिधित्वमा नआउने अवस्था रहेको धारणा राखे ।
प्रमुख आयुक्त समक्षको भेटमा संविधानसभा सदस्य शम्भु हजरा, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य घनश्यामप्रसाद रजक, नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य भुवनेश्वर साफी, दलित सरोकार मञ्च नेपालका पूर्वनिर्देशक भोला पासवान, अधिवक्ता रक्षाराम हरिजन, शैलेन्द्र अम्बेडकरलगायत थिए ।

निर्वाचन लक्षित अभियान सञ्चालन गर्न निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन लक्षित अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का  उपाध्यक्षसमेत रहनुभएका उहाँले पार्टीको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
मुख्यमन्त्री पाण्डेले काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा विभिन्न नवप्रवेशीलाई पार्टीमा स्वागत गरे ।सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ४० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, खोटाङ, स्याङ्जा, दोलखा, पाँचथरसहित विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।
पार्टी प्रवेश गर्नेहरूमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का नेकपा (एमाले) बाट निर्वाचत पूर्ववडाध्यक्ष छम्जी शेर्पालगायत रहेका छन् । नेपाल शेर्पा सङ्घ समाजवादीको समन्वयमा उक्त कार्यक्रम भएको हो । नेपाल शेर्पा सङ्घ समाजवादीका अध्यक्ष आङ खाङदु शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य पासाङ शेर्पा, पार्टीका केन्द्रीय सदस्य एवं दोलखा सहइञ्चार्ज  चुनु केसी, प्रदेश कमिटी सदस्य रामबहादुर खड्कालगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार