थप एक हजार ७३६ मा कोरोना भाइरस सङ्क्रमण

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ७३८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा आठ हजार ५५ को पिसिआर र ६८३ को एन्टीजेन परीक्षण गर्दा क्रमशः एक हजार ६६९ र ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २५१ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई  लाख ७५ हजार ८०६ रहेको छ । निको हुने दर भने ९५ दशमलव नौ प्रतिशत रहेको छ ।  अहिले देशभर आठ हजार ६५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ क्वारेन्टिनमा रहेका छन् । अन्य  आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३  लाख ६०  हजार ५५७ को पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या ११ रहेको छ भने पछिल्लो १२ घण्टामा तीन जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार १०२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमण भएकामा १९३ बालबालिका रहेका छन् । यसमा नौ वर्षसम्म उमेर समूहका ४३ र १० देखि १९ वर्ष समूहका १५० जना रहेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार