उपचार पाउने भएमात्रै बिरामी रिफर गर्न निर्देशन

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ ।  आज मन्त्रालको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणनिधि लोहनीले सबै अस्पताललाई पत्राचार गर्दै कुनै पनि अस्पतालमा आइपुगेका बिरामीको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु परे अनावश्यक समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका हुन् ।  मन्त्रालयले सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार