ललितपुर क्षेत्र नं १ (क) माओवादीले त्याग गर्दा परिणाम गठबन्धनको पक्षमा आउँछ : वशिष्ठ अधिकारी (भिडियो)

सोमबार, भदौ २०, २०७९

ललितपुर । ललितपुर क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिशमा परेका नेपाल काँग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारीलेले वाम गठबन्धन हुँदा २०७४ सालमा माओवादीले ललितपुर क्षे नं १ (क) मा चुनाव जिते पनि अहिले परिस्थितिमा आमूल परिवर्तन आइसकेको बताएका छन् । 
‘स्थानीय चुनावको परिणामले पनि यो क्षेत्रमा नेपाली काँग्रेसले सजितै निर्वाचन जित्ने देखाइसकेको छ’, सचिव अधिकारीले शब्दपाटीसँग भने, ‘त्यो क्षेत्रमा माओवादी भन्दा काँग्रेस धेरै अगाडि छ । माओवादीले त्याग गर्नुपर्छ, माओवादीले त्याग गर्छ भन्नेमा हामी विश्वास्त छौं ।’ 
‘स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका १५ वटा वडाहरू मध्ये ११ वटा वडा काँग्रेसले जितेको छ’ सचिव अधिकारीले भने,  ‘त्यहाँका पालिकाहरूमा पनि प्रमुख उपप्रमुख नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।’ 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार