सोसल मिडिया
Contact Us
युनिकोड
दाङ । नेकपा(एमाले) ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं २ बाट शङ्कर पोख्रेललाई उम्मेदवार सिफारिस गरेको छ । एमाले महासचिवसमेत रहेका पोखरेललाई पार्टीको क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री समेत भएका थिए
उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट सिफारिस
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको आज बसेको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।