विधेयक स्वीकृत

आइतबार, भदौ १९, २०७९

काठमाडौँ, ।  प्रतिनिधिसभाको आजको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा  कोइरालाले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।  विधेयकमाथिको सामान्य छलफलमा सांसद मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, गोकुलप्रसाद बाँस्कोटा, दिव्यमणिराज भण्डारी र यशोदा गुरुङ सुवेदीले बोलेका  थिए  । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ । रासस  
 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार