प्रदिप  गिरीलाई  सम्झे  प्रवासी  नेपालीले   

आइतबार, भदौ १९, २०७९

 ललिपुर   ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि सभाका सांसद दार्शनिक तथा समाजवादी चिन्तक  बौद्धिक नेता  प्रदिप गिरिको १३ औं पुन्य स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति कतारद्वारा  श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थापक सभापति एवं नेपाली कांग्रेस महासमिति सदस्य नरेन्द्र भाट रहेका थिए । विशिष्ट अतिथि संस्थापक महामन्त्री पूर्व सभापति एवं महासमिति सदस्य बिमल सूबेदी महाधिवेशन प्रतिनिधि राज रेग्मि, प्रवासी नेपाली मंच कतारका अध्यक्ष प्रभात त्रिपाटी नेपाली जनप्रगतिशील मंचका अध्यक्ष बुद्धि प्रसाद भण्डारी प्रवासी नेपाली एकता मंचका उपाध्यक्ष गणेश ढकाल एनआरएनए एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान सल्लाहकार एवं १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड़का, मोहम्मद साकिर अली , सल्लाहकार एवं पूर्ब महामन्त्री एवं १३ औ महाधिवेशन प्रतिनिधि  धिरज चामलिंग राई, पूर्ब महामन्त्री करीम बक्स मियाँ, सल्लाहकार राकेश श्रेष्ठ , पूर्व सल्लाहकार अर्जुन भट्टराइ पूर्व कार्यसमितिका सदस्य उमेर आलम, राम बाबू यादव, जिबच्छ यादव, तेजिलाल मण्डल सहित अन्य पदाधिकारीहरू इकाई प्रमुख लगायत बिभिन्न संघ संस्था प्रमुख तथा शुभचिंतक एवं आस्थावान हरुको बाक्लो उपस्थिति रहेको थियो ।  १ मिनट मौन धारण गरी सुरू गरिएको उक्त कार्यक्रममा उपस्थितहरुबाट   स्वर्गीय प्रदीप गिरीको तस्बिरमा    पुष्प गुच्छाले श्रद्धांजली प्रकट गरेका थिए । 

प्रदीप गिरीको जीवनी र राजनैतिक यात्रा बारे तयार पारिएको प्रतिवेदन महामन्त्रीले वाचन गरी सुनाएका थिए कार्यक्रमका प्रमुख अतिथि नरेन्द्रभाटले प्रदीप दाईको निधन नेपाली काँग्रेसलाई मात्र हैन सिंगो राष्ट्रका लागि अपुरणीय क्षेती पुगेको बताए ।  कार्यक्रममा प्रदीप गिरी कांग्रेसको मात्र नभै राष्ट्रकै साझा नेता भएको अधिकांस वक्ताहरुको भनाइ थियो संस्थापक महमन्त्री एवं महासमिति सदस्य बिमल सुवेदीले प्रदीप गिरीले देखाएको बैज्ञानिक  समाजवादनै नेपालको माटो सुहाउदो समाजवाद रहेको ले सबै पार्टीहरुले त्यही बाटो अबलम्बन गर्नु पर्ने बताए पुर्ब महमन्त्री करीम बक्श मियाले प्रदीप गिरीबाट प्रशिक्षित बामपंथी नेताहरु अहिले कम्युनिष्ट पार्टीका उच्च ओहोदामा रहेका छन बीपीको  आदर्श र किसुन जीको सादगीलाई जोडेर हेर्ने हो भने प्रदीप गिरी बन्छ बीपी र किसुन जीलाई एकै पटक बुझ्न प्रदीप गिरीलाई बुझे हुने भनाइ थियो नेपाली प्रवासी मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाटीले आफूले श्रद्धा गर्ने नेपालका केही नेताहरु मध्य प्रदीप गिरी पनि एकजना भएको वाहकों बिचार र प्रखर शैलीले आफूलाई जहिले आकर्षण गरेको बताए जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले आफूले प्रदीप गिरीको बारे अध्ययन गरेर केही वाहका दार्शनिक भनाइहरुले अत्यन्तै मन छोएको बताए  । महामन्त्री केदार भुसालले सहजी करण गर्नु भएको उक्त कार्यक्रममा उपसभापति ठाकुर कुमार परियारले स्वागत तथा   कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।305070255_10159870254869192_2550581344014624055_n1662282225.jpg

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार