पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं,  ।  काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले मूल्य बढाएको छ । भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा अखिल क्रान्तिकारीसहितले टेकुस्थित आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन् ।  भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूचीअनुसार नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार