तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री 

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं,  ।   प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् ।  शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने भन्दै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि नेविसंघले तालाबन्दी गरेको छ भने यस विषयलाई लिएर सडक र सदनसम्म आवाज उठिरहेको छ ।   राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर विश्वविद्यालयका समस्या पहिचान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीबाट गुज्रिएको विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।  विश्वविद्यालयको समस्या समाधान गर्न र शिक्षा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेका उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार