साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

बिहीबार, भदौ १६, २०७९

चितवन,   ।  पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत  पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयाैँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।   

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार