पहिरोले पुरिएर सिन्धुपाल्चोकमा युवकको मृत्यु

बुधबार, भदौ १५, २०७९

सिन्धुपाल्चोक, ।  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ पिस्कर गाउँका पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ । मामाघर पुगेर फर्किएका १७ वर्षीय अमित थामीको भुसुन डोलको खोलाले निम्त्याएको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो पहिरोले पुरिएलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए । मृतक थामीको एक हात काटिएको अवस्थामा पहिरोबाट शव निकालिएको प्रहरीको भनाइ छ । थामी स्थानीय मंगलमाई माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिए ।  

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार