भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा 

सोमबार, भदौ १३, २०७९

भक्तपुर । भक्तपुर नगरपालिका-७ हनुमानघाटस्थित न्याताँ (हनुमानघाट) पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हाे । न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा  ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिए । 

नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति भक्तपुर नगरपालिकाको रहेको बताए । त्यसअनुरुप नेपाली जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका कामहरु उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आइरहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार