पुल्चोकको भाटभटेनी सुपरमार्केट अगाडि सडकमा मोटरसाइकल पार्किङ, अन्डरग्राउन्ड रित्तै

आइतबार, भदौ १२, २०७९

काठमाडौं । पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ ।

302067344_5364787240264792_42928684804404285_n.jpg1661671508.jpg

यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकाले यसबारे अहिले पनि चासो देखाएका छैनन् । ग्राहकहरूको सवारीले सडक जाम हुने गरेको छ ।

भवन निर्माणका बेला ‘प्लीन्थ लेभल’ छेउको सडकभन्दा तीन फिट माथि पुर्‍याउनु मापदण्डविपरीत भएको र त्यो सर्वसाधारणका लागि खतरापूर्ण रहेको दीक्षित बताउँछन् । 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार