दाङमा १७ वर्षीया किशोरी बलात्कृत 

आइतबार, भदौ १२, २०७९

दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार