काठमाडौंमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जना प्रहरी हवल्दारको मृत्यु 

आइतबार, भदौ १२, २०७९

काठमाडौं । काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा स्कुटर चालक काठमाण्डौकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।  बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोक्किएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार