ललितपुर प्रेस युनियनद्धारा बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार स्थापना

शनिबार, भदौ ११, २०७९

ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाले यसका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको स्मृतिमा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा पु¥याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार  स्थापना गरिएको ललितपुर शाखाका कार्यवाहक अध्यक्ष केदारनाथ दाहालले बताए । 

पुरस्कारको राशि २५ हजार र सम्मानपत्र हुने उनले बताए । सो कार्यलाई निरन्तरता दिन ११ लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने जनाइएको छ । शाखा स्थापना हुँदाका संस्थापक अध्यक्ष कार्की निरन्तर तीन कार्यकाल  शाखा सभापति रहेका थिए ।-रासस

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार