नरबहादुर कर्माचार्य प्रतिष्ठानमा : तिमिल्सेना

शुक्रबार, भदौ १०, २०७९

धनगढी । पुष्पलाल श्रेष्ठको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा गठित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान कैलालीमा पनि विस्तार भएको छ ।

सो प्रतिष्ठानका कैलाली संयोजकमा नेकपा (माओवादी केन्द्र) का नेता गोविन्द तिमिल्सेना छानिएका छन् । कैलाली शाखा तिमिल्सेनाको नेतृत्वमा नौ सदस्यीय बनाइएको छ । प्रतिष्ठानले आज शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीबाट शाखा खोल्ने अनुमति लिएको छ ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौमा छ । प्रतिष्ठानको संरक्षक माओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।

प्रतिस्ठानले काठमाडौ, झापाको विर्तामोड र सुनसरीमा सिटीभिटी अन्तर्गततका सीममुलक डिप्लोमा कक्षाहरु सञ्चालन गरिरहेको छ भने पाँचथरमा पुस्तकालय छ ।

अध्यक्ष तिमिल्सेनाले कैलालीमा पनि सिटिभिटी अन्तर्गतका कक्षा चलाइने बताए । तिमिल्सेनाका अनुसार प्रतिष्ठानले समाजवादका विषयमा नियमितरुपमा अन्तरक्रिया र कक्षाहरु सञ्चालन गर्ने योजना पनि बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार