मेयर छात्रवृत्ति’ अन्तर्गत दुई विद्यार्थीलाई छात्रवृत्ति

एआइटिम कलेजकाे नौलो योजना
शुक्रबार, भदौ १०, २०७९

ललितपुर  ।  ललितपुर महानगरपालिकामा अवस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट ‘एआइटिएम’ कलेजमा मेयर छात्रवृत्ति अन्तर्गत दुई जना विद्यार्थीले पढ्न पाउने भएका छन्। 

शुक्रबार सातदोबाटोस्थित कलेजमा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन राठीले ’मेयर छात्रवृत्ति’ सम्झौता पत्रमा हस्तक्षार गरेका हुन् । सम्झौता अनुसार मेयर छात्रवृत्तिका लागि सूचना र प्रविधि विषयमा चार वर्षे स्नातक तहमा एक जनाले पढ्न पाउनेछन  ।  त्यस्तै ’प्लस टु’ मा विज्ञान वा व्यवस्थापन संकायमा एक जनाले छात्रवृत्ति पाउनेछन् । यो कार्यक्रम पाँच वर्षसम्म निरन्तर रहने कलेजले बताएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले कलेजले मेयर छात्रवृत्ति कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘कलेजको यो कामबाट म र महानगर निकै खुशी छ ।’ 

 301009552_437731748394715_4963299007078913351_n1661522622.jpg

दुई जनाको छात्रवृत्तिका लागि महानगरले चार जनाको नाम सिफारिस गर्ने बताउँदै चार जनामध्ये दुई जनाको छनौटको अन्तिम निर्णय कलेजले गर्नुपर्ने उनले बताए । उनले ललितपुर शिक्षा क्षेत्रको हब भएको बताउँदै कलेजसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे । आइटीएम कलेजमा छात्रवृत्तिमा पढ्नमा लागि विद्यार्थी जेहेन्दार र ललितपुर महानगरपालिकाभित्र बसोबास गरेको हुनुपर्ने कलेजले बताएको छ । मेयर छात्रवृत्तिले विद्यार्थीमा थप प्रोत्साहन मिल्ने कलेजका निर्देशक वसन्त जोशीले बताए । कलेजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस अघि पनि छात्रवृत्ति दिएको थियो । कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्री, शिक्षा सल्लाहकार लोकबहादुर खड्काको उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार