कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या

शुक्रबार, भदौ १०, २०७९

कपिलवस्तु, ।   गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार