श्रीलङ्का   गैर–व्यापारिक प्रयोजनका लागि टाइलको आयात पुनः सुरु गर्न अनुमति

बिहीबार, भदौ ९, २०७९
Global Ime Bank

कोलम्बो,  । श्रीलङ्का सरकारले व्यक्तिगत वा गैर–व्यापारिक प्रयोजनका लागि टाइल्स आयात गर्न अनुमति दिएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रोपर्टी डेभलपर्सलाई आफ्नो प्रयोगका लागि टाइल्स आयात गर्न अनुमति दिएको  स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । श्रीलङ्काले विदेशी मुद्रा जोगाउनका लागि गत वर्ष टायलको आयातमा प्रतिबन्ध लगाएको थियो ।  एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले ‘प्रत्यक्ष प्रयोग’ का लागि टायल र ढुङ्गाको आयातलाई अनुमति दिइएको घोषणा गरेका हुन्  । आर्थिकरूपमा सङ्कटग्रस्त यस दक्षिण एशियाली मुलुकमा पुनः विक्री अर्थात् व्यापारिक प्रयोजनका लागि टायल्स र ढुङ्गाको आयात अझै प्रतिबन्धित छ । आवास क्षेत्र निर्माण, मिश्रित विकास परियोजना, स्वीकृत होटल र लगानी बोर्ड र उक्त नियममा नबाँधिने सरकारी परियोजनालाई टाइल्स आयात गर्न अनुमति दिइने उनले बताए  ।  रासस 


 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार