रोहिंग्या शरणार्थीले पाँचौं ‘नरसंहार स्मृति’ मनाए

बिहीबार, भदौ ९, २०७९
Global Ime Bank

बङ्गलादेश । हजारौँ रोहिंग्या शरणार्थीले म्यानमारमा सैन्य आक्रमणबाट भागेको पाँच वर्ष पूरा भएकामा बङ्गलादेशका शिविरमा बिहीबार ‘नरसंहार स्मृति’ मा ¥याली आयोजना गरेका छन् ।सन् २०१७ को अगष्टमा यहाँका सेनाको ज्यादतीबाट करिब सात लाख ५० हजार मुस्लिम अल्पसङ्ख्यक म्यानमारको सिमानामा झरेका थिए । उनीहरु यहाँबाट भागेर बङ्गलादेश पुगेका थिए । हाल संयुक्त राष्ट्रसङ्घीय उच्च अदालतमा यो ऐतिहासिक नरसंहार मुद्दाको विषय बनेको छ । हाल बङ्गलादेशमा करिब दश लाख रोहिंग्या छन् । तीमध्ये आधा जति १८ वर्ष मुनिका रहेका छन् । शिविरमा रहेका झुपडीमा वर्षाको समयमा उनीहरुलाई निकै कष्ट हुने गर्दछ । शरणार्थी बसेका शिविर वरपरबाट नै बाढी बग्ने गरेको तथा ढलहरु फुटेर पनि समस्या हुने गरेको बताइन्छ ।     बिहीबार यहाँका हजारौँ रोहिंग्या शरणार्थीले शिविरमा नारा लगाउँदै पश्चिमी म्यान्मारको आफ्नो गृह राज्य राखिनमा सुरक्षित फिर्ताको माग गरेका थिए । उनीहरुले पाँच वर्षअघिको त्यो नरसंहारको स्मरण पनि उनीहरुले गरेका थिए । रासस 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार