लोपोन्मुख अजिङगरको उद्धार

बिहीबार, भदौ ९, २०७९

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई  आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो ।

सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिए । करिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए ।रासस

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार