६ गोल भएको खेलमा बार्सिलोना र सिटीको बराबरी

बिहीबार, भदौ ९, २०७९
Global Ime Bank

काठमाडौं । रियाल महारेजले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले बुधबार मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग हारको संकट टारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा सिटीले ३-३ को बराबरी खेलेको हो । 

२१औं मिनेटमा जुलियान अल्भारेजले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै पियरी इमरिक औबामयाङको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । ६६औं मिनेटमा फ्रयांकी डी जोङले बार्सिलोनालाई अग्रता दिलाए । ७०औं मिनेटमा कोल पाल्मरले सिटीलाई खेलमा फर्काए ।

७९औं मिनेटमा मेम्फिस डिपेको गोलमा भने बार्सिलोनाले सिटीमाथि रोमाञ्चक जित निकाल्ने संकेत गरेको थियो । तर इन्जुरी समयको नवौ मिनेटमा महारेजले पेनाल्टीको सदुपयोग गर्दा बार्सिलोना निराश बनेको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार