सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

बुधबार, भदौ ८, २०७९

गोलबजार ।  जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।
मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ८९ वटा उजुरी परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार