पोखरामा सुरु भयो भूमिहीनलाई निस्सा वितरण 

भूमिहीन समस्याको दिगो समाधानमा नगरप्रमुखको जोड
बुधबार, भदौ ८, २०७९

ललितपुर ।  पोखरा महानगरपालिका वडा नं। २५ क्रान्तीटोलमा बसेर भूमि प्राप्तिको २७ वर्ष लामो संघर्ष गरेकी सिता गुरुङ थापा खुसी छिन् । सुकुम्बासी बनेर बिताएको २७ वर्ष सम्झँदा उनको मन अहिले पनि खसक्क हुन्छ । 
‘यो हाम्रो लागि ठूलो उपलब्धि हो,’ उनले भनिन्, ‘अब यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु ।’  लामो संघर्षपछि प्राप्त गरेको सेतो निस्सासँग आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताइन । लामो प्रतीक्षापछि सपना पुरा भएको अनुभूति उनले गरेकी छिन् ।   
गुरुङको मात्र होइन, आज पोखरा महानगरपालिका वडा नं। २५ हेमजा आसपासमा रहेका २४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूको हृदय खुसीले गदगद भएको छ । पोखरा महानगर र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मंगलवार दुई सय ४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरे । 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले भूमिहीन दलित र सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा खुशी लागेको बताए । स्थानीय तहको निर्वाचनका बेला उनले भूमिहीनका समस्या समाधान गर्ने उद्घोष गरेका थिए ।  पोखरा महानगरपालिमा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने उनले बताए । 

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि सुरु भएकोमा खुशी व्यक्त गरे ।  भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको जग्गाको निस्सा अब कसैले पनि खोस्न नसक्ने उनले बताए ।  पोखरा महानगरपालिमा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा महानगरपालिका रहेको प्रमुख आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा छ । रासस     299811422_5704790406303780_5426507489533187950_n1661348087.jpg

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार