आँधीले अमेरिकाका ८ हजार उडान रद्द

बुधबार, भदौ ८, २०७९
Global Ime Bank

न्युयोर्क, ।  टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिंगटन पोस्टको रिपोर्ट अनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोस्टले  जनाएको छ । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरू ढिलो भएका छन साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन् ।खराब मौसमका कारण जेटब्लुको ५२ प्रतिशत उडान तालिका पनि अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार