काठमाडौंका मेयर बालेन शाहबिरुद्ध नाराबाजी

बुधबार, भदौ ८, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिरुद्ध नाराबाजी भएको छ । फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरपालिका मेयर शाह बिरुद्ध नाराबाजी गरेका हुन ।

फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका ब्यापारीहरुले काठमाडौं महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन ।

सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने तीनवटा माग राखेका छन् । महानगरका मेयर शाहबिरुद्ध सम्भवत: पहिलोपटक नाराबाजी भएको हो । 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार